तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौँ। आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।

यससँगै नेपालले नयाँ इतिहास रच्नको लागि एक सय सात रनको लक्ष्य पाएको छ । नेपालले हालसम्म टेस्ट टोलीलाई अहिलेसम्म हराउन सकेको छैन । खेलमा बङ्गलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिए । त्यस्तै रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे । महमुदूल्लाह रियादले १३ बलमा दुई चौकाको सहायताले समान १३ रन नै जोडे ।

यसैगरी तक्किन अहमद र जाकेर अलीले समान १२ /१२ रन जोडे भने लिटन दासले १० रन बनाए । तोव्हीद ह्रिदोयले ९, कप्तान नाज्मुल हसन सान्टाले चार तथा तान्जिम हसन सकिब र मुस्तब फिजुर रहमानले समान ३/३ रन बनाए । बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए । नेपालल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

सन्दीपको सय विकेट पूरा

बङ्गलादेशलाई कम स्कोरमा रोक्न नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो ।

बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गर्नुभएको छ । उहाँले चार ओभरमा १७ रन खर्चिएर विकेट लिनुभएको हो ।

सात महिना पछि पुन: मैदानमा फर्किनु भएका सन्दीपले यसअघि दक्षिण अफ्रिकासँग विश्वकपको पहिलो खेल खेल्नुभएको थियो । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि उहाँले अमेरिकामा भएको विश्वकपको खेल भने गुमाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button