तपाईँ सुन्दै हुनुहुन्छः

श्रममन्त्री अर्यालद्वारा सय दिनको प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले माग प्रमाणीकरणलाई साउनदेखि पूर्ण रुपमा अनलाइन बनाउने बताउनुभएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज मन्त्री अर्यालले पदवहाली गरेको सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै एक घण्टाभित्रै श्रम स्वीकृत दिनेलगायतका महत्वपूर्ण कामहरू भएको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले आफू आएपछि श्रम स्वीकृतिका लागि तोकिएको कोटा हटाएर २४ सै घण्टा आवेदन दिन सकिने व्यवस्था मिलाएको, श्रमाधान कल सेन्टर, श्रमाधान अभियानलगायत सञ्चालनमा ल्याइएको बताउनुभयो ।

मन्त्री अर्यालले श्रमिकका समस्या बुझ्न नियमित रुपमा भर्चुअल बैठक बस्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।

मन्त्री अर्यालले श्रम क्षेत्रमा नीतिगत तथा कानुनी सुधारमा कामहरू भएको बताउँदै योगदानमा आधारित सामाजिक सुरक्षा, सीप विकास र तालिमलगायतका क्षेत्रमा पनि थप काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button