तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीले ल्यायो ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रस्तुत गर्नुभएको कुल बजेटमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४.१२ प्रतिशत बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ६९.७ प्रतिशत बजेट सरकारले विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार बजेट विनियोजन गरेको मन्त्री केसीले बताउनुभयो ।

मन्त्री केसीले आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख ६५ हजार, चालु आवको खर्च नभई बचत हुने अनुमानित रकम ५ अर्ब १३ करोड ८१ लाख २६ हजार, संघीय सरकारको राजस्व बाँडफाँडबाट ९ अर्ब ३८ करोड ५३ लाख, वित्तीय सामान्यीकरण अनुदान १० अर्ब ३६ करोड ६३ लाख र ससर्त अनुदान ३ अर्ब ७१ करोड ५० लाख र संघीय सरकारको समपूरक अनुदान १ अर्ब २८ करोड ५० लाख एवम् विशेष अनुदान ६७ करोड ६५ लाख रहेको बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button