तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ्ग लागेर एक जनाको मृत्यु

पाल्पा । पाल्पामा चट्याङ्गले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेबी छहरा गाउँपालिका ३ भुवन पोखरीका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पन्तलाई हिजो बेलुका करिब साढे ६ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेला अचानक चट्याङ्गले लागेको थियो । चट्याङ्ग लागेर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याइएकोमा डाक्टरले चेक जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए । 

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button