तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पाका मगर समुदायले मनाए नाम्कः (भुम्या) पर्व

रोल्पा । मगरात क्षेत्रमा विशेष गरी प्रकृति र भूमि अर्थात् जमिनको पूजा गरेर रोल्पाका मगर समुदायले नाम्कः (भुम्या) भव्य रूपले मनाएका छन् ।

भुम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो । विभिन्न ठाउँ गाउँबाट जमघट भएर यो पर्व रोल्पा र रुकुमका मगर समुदायले मनाउने गर्दछन् ।

भुम्या पर्वलाई मानव जातिको प्रकृति र वातावरणसँग जोडिएको महत्त्वपूर्ण पर्वका रुपमा लिने गरिएको छ । वैज्ञानिक रुपमा मानव र प्रकृतिबिचको सम्बन्धलाई व्याख्या गर्ने पनि गरिन्छ ।

आआफ्नो भेषभुषामा थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिकाका मगर समुदायले भूमिलाई देवताको रूपमा पुज्ने गर्दछन् ।

जमिनमा नै मानो रोपेर मुरी फलाउने भूमि देवतासँग मनोकामना गर्ने प्रचलन रहेको छ यो पर्वमा भूमिको पूजा गरे प्रकृतिले साथ दिएर अनाज प्रशस्त रुपमा फल्ने र आइपर्ने विभिन्न विपत्तिहरूबाट समेत जोगाउने धार्मिक जनविश्वास कायम रहिआएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button