तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा चट्याङ लागेर २ को मृत्यु, ६ जना घाइते 

धनगढी । कैलालीमा आज वर्षासँगै परेको चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । 

चट्याङ लागेर जोशीपुर गाउँपालिका-३ का ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका -१८ का  २७ वर्षीय शालिम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहराले बताउनु भयो । 

 चट्याङ लागेर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल र डगौराको महापार्वती क्लिनमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनु भयो । दुवै जनालाई खेतवारीमा काम गरिरहेका वेला चट्याङ लागेको बताइएको छ । 

यसैगरी चट्याङ लागेर घोडाघोडी नगरपालिका -९ का सरस्वती भुल, पारु कठायत, खिमा कठायत, जानकी गाउँपालिका -४ का रिता कठरिया, सुस्मा डगौरा, भजनी नगरपालिका -६ का राम बहादुर चौधरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button