तपाईँ सुन्दै हुनुहुन्छः

केरा बेचेर  जीवन  जीवन धान्दै सुमिता

मुगु । मुगुको पश्चिमी साेरू गाउँपालिका  वडा नं ७ कुलाहाँ  निवासी सुमिता कामीले   व्यावसायिक  केरा खेती सुरु गरेपछि उत्पादित  केरा बेचेर मनग्य आम्दानी गर्न सफल हुनुभएकाे छ ।  स्थानीय रैथाने जातका केरा खेतीबाट  आफूले  घर खर्च धानेको कामीको  भनाई छ । श्रीमान् गाडी चालक भएकाले  बाहिर व्यस्त भइरहने र घरको सबै खर्च यही केरा बेचेर धान्ने गरेकोसमेत कामीले बताउनु भयाे ।

मुगुको सदरमुकाम गमगढीबाट साेरू गाउँपालिका जाने  कुलाहा सडक खण्ड  नजिकै केरा उत्पादन  स्थल रहेकाले स्थानीय रैथाने जातका केरा किन्न मानिसहरू घरमै पुग्ने गरेका कारण बजारको कुनै समस्या नरहेको कामीले बताउनु भयाे । खाँदा अत्यन्तै स्वादिलो र अर्ग्यानिक भएकाले  काँचो केरासमेत खरिद गरेर लैजाने  केरा उत्पादक कृषक कामी  भन्नुहुन्छ  । प्रति गोटा केराको रू  २० मा बिक्री हुने गरेको बताइएको  छ । त्यहाँ उत्पादित केरा साेरूकाेट र गमगढी समेतमा बिक्री हुने गरेको  छ ।

केरा खेतीको प्रबल सम्भावना रहेका साेरू भेगमा स्थानीय  रैथाने जातका केरा खेती गर्ने नमुना केरा उत्पादक कृषकको रूपमा  परिचित कामीले भन्नुभयाे “केरा खेतीमा लागेको  धेरै समय भयाे अहिलेसम्म कुनै संघ संस्था र सरकारी निकायबाट  सहयोग नपाएको गुनासो सुनाउनुभयाे ।” ब्यसायिक केरा खेतीको अनुगमन गर्दै जिल्ला समन्वय समितिका संयोजक मन्जन बहादुर कार्कीले यति राम्रो स्वादिलो रैथाने जातको केरा खेती सुरु गरेकोमा  कृषक कामीलाई धन्यवाद दिनुभयाे  । आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सिफारिस गर्नेसमेत संयोजक कार्कीले  आश्वासन  दिनुभयाे ।   व्यावसायिक केरा खेतीको प्रबल सम्भावना रहेको साेरू भेगका  युवाहरूले  केरा खेती गर्ने सके बेरोजगार भएर बस्नु नपर्ने  कामी एउटा प्रेरणाकी स्रोत बन्नुभएकाे छ ।  केरा खेतीको लागि साेरू उपयुक्त हावापानी भएकोले  यस क्षेत्रमा केरा खेतीमा सम्बन्धित निकायले जोड दिनु पर्ने देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button