तपाईँ सुन्दै हुनुहुन्छः

आदिवासी जनजाति चलचित्र महोत्सवमा चलचित्र ‘रोस’ को पर्दशनी 

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा गत जेठ २३ गते देखि सुरु भएको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवको आज अन्तिम दिन मगर भाषाको चलचित्र ‘रोस’ पर्दशन भएको छ । 

पाल्पाको निस्दी गाउँपालिका वडा नं ५ गल्धाको खरकडाँडामा मगरजातिको परम्परागत नाच घाँटु सँग सम्बन्धित रहेर छाँयाकन गरिएको चलचित्र ‘रोस’ आज महोत्सवको अन्तिम दिन प्रदर्शित भएको हो ।

‘रोस’ को अर्थ मगर भाषामा चलन चल्ती भन्ने हुन्छ । 

मगरहरूको सांस्कृतिक नाच घाँटुमा नाचिने ‘जोगिया’ जसले दर्शकलाई मनोरञ्जन दिएर केही पैसा आम्दानी गरेका घाँटु नाचमा आवश्यक पर्ने सामग्री किन्न मद्दत गर्दछ । जुन व्यक्तिको मृत्यु पछि ‘जोगिया’को भूमिका कसले गर्छ त ? भन्ने विषय यस चलचित्रमा उठान गरिएको छ ।

बुद्ध सुनारी मगरको निर्देशनमा निर्मित उक्त चलचित्रको निर्माण तुलाजी सारु मगर र गणेश थापा मगरले गर्नु भएको थियो भने चलचित्रको मुख्य भूमिकामा राधु बयम्बु, जेनिसा सोती  र लोकमायाँ बयम्बु मगरको रहेको छ ।  

सुनारी फिल्मस प्रालिले बजारमा ल्याएको उक्त चलचित्र १ घण्टा १८ मिनेटको रहेको छ । 

चलचित्र अवलोकन गरिसके पछि दर्शकहरूले मगर संस्कृतिको वास्तविक झल्क एवं टिपिकल गाउँलेपना चलचित्रले उठान गर्न सकेको  प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button