तपाईँ सुन्दै हुनुहुन्छः

वातावरण संरक्षणका लागि विशेष योजना र नीति आवश्यक: अध्यक्ष ओली

भक्तपुर ।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणका लागि विशेष योजना र नीति आवश्यक रहेको बताउनुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रका लागि दुई घण्टा अभियानले आज कौशलटारमा आयोजना गरेको बृहत् अरनिको राजमार्ग सफाई अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वातावरणीय सफाईका लागि कर्मकाण्डी ढंगले गोष्ठी,सेमिनार र वृक्षारोपण कार्यक्रम मात्र गरेर नहुने बताउनुभयो ।

सरसफाई मजाक र प्रतिशोधको विषयको होइन भन्दै उहाँले यसमा कोही पनि गैरजिम्मेवार ढंगले प्रस्तुत हुन नहुने बताउनुभयो ।
मानवीय भुल र असावधानीले निम्त्याएको वातावरणीय प्रदूषणले खतरनाक भविष्यको सङ्केत गरिरहेको बताउँदै उहाँले वातावरणीय सफाइका लागि सामूहिक प्रयासको खाँचो रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा,मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ,नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा,माओवादी केन्द्रका नेता दिलीप प्रजापति , राष्ट्रका लागि दुई घण्टा अभियानका अभियन्ता नरेश रन्जित लगायतले अभियानले प्रकृति र वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button