तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीका कारण थप छ दिन विद्यालय बन्द

बर्दिया । अत्यधिक गर्मीको कारण बर्दियाको गुलरिया नगरपालिका थप छ दिन विद्यालय बन्द गरेको छ । गत बुधबारदेखि बन्द गरिएका विद्यालय गर्मीका कारण आगामी २५ गते सम्म बन्द गरिएको हो ।

बर्दियाका अधिकांश पालिकाहरूले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द गरेका छन् । बढैयाताल गाउँपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाले १९ गते सम्मको लागि विद्यालय बन्द गरेका छन् ।

गुलरिया नगरपालिकाले २० गते सञ्चालन गर्ने भनेको विद्यालय २५ गते सम्म बिदा गर्ने निर्णय गरेको छ । ठाकुरबाबा नगरपालिकाले गर्मी बढेसँगै बिहान ६ बजे देखि १० बजेसम्म मात्र विद्यालय सञ्चालन गरेको छ ।

केही दिन यता पश्चिम तराईमा तातो हावा लु चलेको छ । तातो हावाको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर देखिन थालेपनि वर्षे बिदामा कटौती हुने गरी विद्यालयहरू बन्द गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button