तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी । गुल्मीमा ढुङ्गासहितको पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । पहिरो ठूलो भएकोले सवारी साधन सुचारु हुन २-३ दिन लाग्न सक्ने प्रहरीले  अनुमान गरेको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–६, बर्लवास्थित करिडोर सडकमा पहिरो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताउनुभयो ।

अवरुद्ध सडक खुलाउन भुर्तुङ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खाम्चाको कमाण्डमा टोली खटिएको छ । सोमबार बिहान अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button