तपाईँ सुन्दै हुनुहुन्छः

लिथुआनियामा राष्ट्रपतिको निर्वाचन सुरु

भिनियस। लिथुआनियामा आइतबार राष्ट्रपतिको निर्वाचन सुरु भएको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति गितानास नौसेदाले वर्तमान प्रधानमन्त्री इन्ग्रिडा सिमोनाइटसँग प्रतिस्पर्धा गर्नुभएको छ ।

लिथुआनियाको केन्द्रीय निर्वाचन आयोग ९भीआरके० का अनुसार २३ लाख ८५ हजार दुई सय ३५ मतदाता सूचीमा रहेका छन् । एक हजार आठ सय ९५ मतदान केन्द्रहरूमा स्थानीय समयअनुसार निर्वाचन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म चल्नेछ ।

स्वतन्त्र उम्मेदवारका रूपमा पुनःनिर्वाचनमा भाग लिने राष्ट्रपति नौसेदाले मे १२ मा पहिलो चरणमा ४३ दशमलव ९५ प्रतिशत मत प्राप्त र सिमोनिटेले २० दशमलव पाँच प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

शीर्ष दुई उम्मेद्वार निर्वाचनको दोस्रो चरणमा प्रवेश गर्नुभयो । उहाँहरूमध्ये कुनै पनि उम्मेद्वारले पहिलो चरणमा आवश्यक साधारण बहुमत प्राप्त गर्न सक्नुभएन ।

नौसेदा र सिमोनाइटले अघिल्लो राष्ट्रपतीय चुनाव सन् २०१९ मा सामना गरिसक्नुभएको छ । त्यस निर्वाचनमा नौसेदाले ६५ प्रतिशतभन्दा बढी मत जित हासिल गर्नुभएको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button