तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको आजलाई तय भएको बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज बस्ने बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण २०८०/८१ पेश गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक सभा समक्ष पेश गर्ने कार्यसूची रहेको थियो ।

संसद् सचिवालयका अनुसार दुवै सदनको संयुक्त बैठक जेठ १५ गते १ बजे र राष्ट्रिय सभाको अर्को बैठक सोही दिन ४ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button