तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहाल र देउवाबीच छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जानुभएको छ ।  पछिल्लो समय सहकारी ठगीको विषयमा बन्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) को विषयमा सत्ता पक्ष र प्रतिपक्षीबीच कुरा मिलिरहेको छैन । 

टीओआरको विषयमा सहमति जुटाउन आज शिर्ष नेताहरूको बैठक बस्दैछ । शिर्ष नेताहरुकाे बैठक अघि प्रधानमन्त्री दाहालले सभापति देउवासँग छुट्टै छलफल गर्नुभएको हो ।  दुई शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  शनिबार कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलले दलका शिर्ष नेताहरूलाई  टीओआरमा सहमति जुटाउने जिम्मा दिएको थियाे । आइतबार शीर्ष नेताहरू बसेर त्यसलाई टुङ्गोमा पुर्‍याउने बताइएको छ ।केहीबेरमा  प्रमुख शीर्ष दलका  नेताहरुबीच  बैठक बस्दैछ ।

टीओआरको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली काग्रेंसले लामो समयदेखि संसदमा अवरोध गर्दै आइरहेको छ । सदन अवरुद्ध हुँदा सरकारले नीति तथा कार्यक्रम पारित गर्न सकिरहेको छैन ।  अवरुद्ध  संसदका कारण चालु वर्षको बजेट कसरी ल्याउने भन्ने विषयमासमेत अन्यौलता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button