तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका कार्यकारी निर्देशक केसीद्वारा सुर्खेत प्रसारण केन्द्रकाे निरीक्षण

सुर्खेत । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसहितको टोलीले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र तथा रिले स्टेसनहरूको स्थलगत निरीक्षणका क्रममा रहनुभएका कार्यकारी निर्देशक केसीले प्रादेशिक प्रसारण केन्द्र सुर्खेतमा आज प्राविधिक, व्यापार, कार्यक्रम तथा समाचारका विषयमा प्रादेशिक प्रसारणको अवस्था र आगामी वर्षमा गर्नुपर्ने कार्ययोजनाबारे कर्मचारीहरूसँग अन्तरक्रिया तथा छलफल गर्नुभयो ।

उहाँले प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले गर्नुपर्ने कार्य, प्रसारण क्षमता वृद्धिसँगै व्यापार बढाउनेबारे कर्मचारीहरूसँग अन्तरक्रिया गर्नुभयो । छलफलमा प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका कर्मचारीहरूले भोग्नुपरेका समस्याका निदानबारे आफूले रेडियो नेपालको बोर्ड बैठकबाट स्वीकृत गराउन सक्दो प्रयास गर्ने कार्यकारी निर्देशक केसीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअघि रेडियो नेपाल सुर्खेत प्रादेशिक प्रसारण केन्द्रका प्रमुख आनन्द विश्व पन्तले प्रादेशिक प्रसारण केन्द्र सुर्खेतको वर्तमान अवस्था र चुनौतीहरूबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक (इन्जिनियरिङ) कृष्णचन्द्र पौडेल, योजना निर्देशक पुष्करराज गौतम, व्यापार उपनिर्देशक पुस्कर बराल, प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका वरिष्ठ प्राविधिक अधिकृत नरेशसिंह थापा, कार्यक्रम अधिकृत भानुभक्त खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button