तपाईँ सुन्दै हुनुहुन्छः

आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप सहितको ज्ञान प्रदान गर्न पाठ्यक्रम तयार भएको बताउनु भएको छ । 

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर/युवा तथा ३० औँ शिक्षक नायक गोष्ठीको उद्घाटन गर्दै उहाँले कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताउनु भएको हो । 

आफूले पहिलो पटक मुख्यमन्त्री हुँदा थालनी गरेको काम अहिले विज्ञ राखेर उक्त काम पुरा गरेको मुख्यमन्त्री अधिकारीले दाबी गर्नु भयो । तयार भएको पाठ्यक्रम मेडिकल इमर्जेन्सी, प्राकृतिक प्रकोप, बाढी नियन्त्रण तथा महिला हिंसा विरुद्धका सीपहरू लिनका निम्ती प्रभावकारी बन्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । पाठ्यक्रमको महत्वपूर्ण पक्ष रेडक्रससँग सम्बन्धित रहेको उहाँको भनाई छ । 

कास्की रेडक्रसले गरेका कार्यको प्रशंसा गर्दै विपदमा रेडक्रस भन्ने कुरा स्थापित गर्न युवा रेडक्रसकर्मीको भूमिका महत्वपूर्ण रहेको मुख्यमन्त्री अधिकारीले बताउनु भयो । कार्यक्रम मार्फत मुख्यमन्त्री अधिकारीले मानव सेवामा समर्पित रहँदै आपत् विपद्को बेलामा साथी बन्ने जुनियर रेडक्रसका योद्धाहरू तथा उहाँहरूलाई सहयोग गर्ने शिक्षक नायकलाई सम्मान गर्नुभयो । आफू समेत रेडक्रसको आजीवन सदस्य रहेको खुलाउँदै उहाँले सोसाइटीले गर्ने गतिविधिमा सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button