तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनु भएकी एम्नेस्टी इन्टरनेसनलका महासचिव डा अग्नेज कल्लामार्डले भेट गर्नु भएको छ । 

देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको  सभापति देउवाको सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button