तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान

गोरखा ।  गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणको नयाँ रेकर्ड कायम गर्नुभएको छ । 

आठ हजार आठ सय ४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गरेर छिटो सगरमाथा आरोहण गर्ने महिला बन्नु भएको छ । लामा चुमनुब्री गाउँपालिका वडा नम्बर-७ छेकम्पार गोरखाकी स्थायी बासिन्दा हुन् । 

बुधबार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर उहाँले आज बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण  गर्नुभएको क्लाइम्बिङ सेभेन सम्मिट ट्याग नेपाल कम्पनीका प्रतिनिधि हरिजँग थापाले जानकारी दिनुभयो । 

समिटबाट बेसक्याम्पसम्म सबैभन्दा छिटो आइपुगेर अर्को रेकर्डसमेत कायम गर्ने उद्देश्यले लामा अहिले बेसक्याम्पतर्फ आउँदै गरेको कम्पनीले जनाएको छ । छिटो झर्ने रेकर्ड अहिले सम्म कसैको पनि नरहेको हिमाल आरोहणमा संलग्नहरूले बताएका छन् । रेकर्ड रहेमा नयाँ हुने सेभेन समिटका स्थानेश्वर गुरागाईँले बताउनुभयो । 

सन् २०२१ म हङकङकी स्याङ यिन हङ (आडा) ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाउनुभएको थियो ।  सन् २०१८ मा उनै फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड कायम गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button