तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्समा दैनिक ५५ नयाँ एचआईभी केस दर्ता

मनिला । फिलिपिन्समा दैनिक कम्तीमा ५५ नयाँ ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) पोजिटिभ केसहरू फेला परेका छन् । यो विश्वमा सबैभन्दा उच्च भएको फिलिपिन्सका स्वास्थ्य सचिव टियोडोरो हर्बोसाले बताउनुभयो ।

हर्बोसाले किशोर किशोरीहरूमा केसहरू बढी रहेको उल्लेख गर्दै सबैभन्दा कान्छो सङ्क्रमित १५ वर्षका रहेको जानकारी दिनुभयो ।

“हामीसँग लगभग ५९ हजार मानिस एचआइभीसँग बाँचिरहेका छन् । करिब एक लाख ३० हजार अवस्थित केसहरू अनुमान गरिएको छ । यो अझै पनि एक करोड १० लाख जनसङ्ख्या भएको यो मुलुकका लागि लागि कम हो तर नयाँ मामिलामा योभन्दा धेरै छ, एक दिनमा ५५ नयाँ मामिला, हामी विश्वमा सबैभन्दा माथि छौँ”, उहाँले भन्नुभयो ।

उहाँले सक्रिय युवालाई सङ्क्रमण पत्ता लगाउन परीक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । विशेषगरी प्रयोगशील र जिज्ञासु किशोर किशोरीहरू बीच अझ राम्रो र प्रभावकारी सूचना अभियानका लागि स्वास्थ्य विभाग (डिओएच) सँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

डिओएचको तथ्याङ्कअनुसार सन् २०२१ देखि मासिक रूपमा रिपोर्ट गरिएका नयाँ एचआईभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ ।

सन् २०२१ मा रिपोर्ट गरिएको औसत एक हजार २७ मासिक केसबाट बढेर सन् २०२२ मा एक हजार दुई सय ४५ मासिक केसहरूमा पुगेको छ । सन् २०२३ को चौथो त्रैमासिकसम्म प्रतिमहिना नयाँ रिपोर्ट गरिएका केसहरूको औसत सङ्ख्या थप बढेर एक हजार चार सय ३८ पुगेको छ ।

फिलिपिन्सले सन् १९८४ जनवरीदेखि सन् २०२३ डिसेम्बरसम्म आफ्नो पहिलो केस पत्ता लगाएदेखि डिओएचले एक लाख २६ हजार तीन सय ७८ मामिला र सात हजार दुई सय ३३ जनाको एचआईभीबाट मृत्यु भएको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button