तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

कास्की  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री खगराज अधिकारीले राख्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । 

सभामुख धितालले ३० लाई नै बहुमत मानेपछि नेपाली काँग्रेसले सदनमा गरेको नाराबाजीकै बीच मुख्यमन्त्री अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गर्नुभयो ।

६० सदस्यीय प्रदेश सभामा विश्वासको मतको पक्षमा ३० मत पर्‍यो भने विपक्षमा २७ मत पर्‍यो । २ सदस्यीय राप्रपा भने तटस्थ बसेको थियो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button