तपाईँ सुन्दै हुनुहुन्छः

संघीय निजामती ऐन जारी गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले सङ्घीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन तत्काल जारी गरिनुपर्नेमा जोड दिनुभएको छ ।  

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा सांसदहरुले प्रदेश र स्थानीय तहमा कर्मचारी  व्यवस्थापन गरेर सङ्घीयता कार्यान्वयन गर्न संघीय निजामती ऐन अत्यावश्यक भएको विचार व्यक्त गर्नुभयो 

जनप्रतिनिधिले लामो समयदेखि कर्मचारीको अभावमा  नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न नसकेको भन्दै सांसदहरुले कर्मचारी व्यवस्थापनका लागि कानूनी व्यवस्था गर्न ढिला भइसकेको बताउनुभयो । 

समितिको बैठकमा सङ्घीयता विज्ञ डाक्टर खिमलाल देवकोटाले कर्मचारी अभाव देखाएर संघीय कार्यान्वयन गर्न नसक्नु संघीय सरकारको कमजोरी भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button