तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

बाँके । नेपालगन्जमा कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् ।

बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, लोनियनपुरुवाबाट कटुवा पेस्तोल र गोलीसहित सदाराम बागवान, साकिरअली बागवान र हुसेन बागवानलाई पक्राउ गरेकाे हो । उनीहरू भे ६ प ४९०२ नम्बरको मोटरसाइकलमा सवार थिए ।

 प्रहरीले शङ्का लागेर जाँच गर्दा पेस्तोल बरामद भएको जनाएको छ । सदाराम र साकिर नेपालगन्ज-२३ र हुसेन नेपालगन्ज-१४ निवासी हुन् । उनीहरूबाट एक थान पेस्तोल र एक थान गोली बरामद भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएनुभयाे। प्रहरीले उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button