तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए संस्थापक र अभियन्ताको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक उपाध्यक्ष देवकाजी डङ्गोल सहितका अभियन्ताहरूले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डसँग एनआरएनएका संस्थापक उपाध्यक्ष डा डङ्गोलले प्रधानमन्त्रीको आसन्न कतार भ्रमणमा उठाउनुपर्ने विषय र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणमा नेपालले लगानीका क्षेत्रहरूमा विशेष पहल गर्नुपर्ने लगायतका विषयमा छलफल गर्नुभयो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलन सफल बनाउन र नेपालमा लगानी भित्राउने भूमिकामा गैरआवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने हुँदा संस्थापक उपाध्यक्ष डङ्गोल तथा अभियन्तालाई अनुरोध गर्नुभयो ।

भेटमा एनआरएनए संस्थापक डङ्गोल, अभियन्ता द्वय राजेन्द्रकुमार शर्मा र खगेन्द्र न्यौपानेले गैरआवासीय नेपालीहरू नेपालको आर्थिक विकासमा सहयात्री बन्न सधैँ तयार रहेको र सम्मेलनमा लगानी बढाउने विषयमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button