तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज भन्सारद्वारा ९ महिनामा १ खर्ब १४ अर्ब १६ करोड राजस्व असुली

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सार कार्यालय आइसिपीले चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा १ खर्ब १४ अर्ब १६ करोड ८३ लाख ५८ हजार राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्त सम्मका लागि आइसिपी भन्सारलाई १ खर्ब ८१ अर्ब ९९ करोड ६५ लाख ९ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल सामानको आयातमा यस आर्थिक वर्षमा समेत गिरावट आएसँगै चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आइसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी भन्सार वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ३७ प्रतिशत कम राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा ९ महिना मा ६७ अर्ब ८२ करोड ८१ लाख ५१ हजार कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी वीरगन्ज भन्सार कार्यालयले भन्सार राजस्वतर्फ ४२ अर्ब ३१ करोड ५९ लाख ९९ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ४८ अर्ब ६९ करोड ३९ लाख १० हजार राजस्व असुली भएको छ ।

त्यसैगरी अन्त शुल्कतर्फ ७ अर्ब ७० करोड ४० लाख ८ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।

त्यसैगरी बीरगंज भन्सार कार्यालयले पूर्वाधार करतर्फ १० अर्ब ६ करोड ८२ लाख २४ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ १ अर्ब ८ करोड ९३ लाख ७८ हजार असुली गरेको छ ।

यसैगरी वीरगन्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ २ अर्ब ५९ करोड ६६ लाख ३० हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा १ अर्ब ४५ करोड २४ हजार राजस्व असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button