तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पद तथा गोपनीयताको शपथ 

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित समारोहमा प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री सोडारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण समारोहमा पूर्व मुख्यमन्त्री द्वय त्रिलोचन भट्ट, राजेन्द्रसिंह रावल, उपसभामुख कोइलीदेवी चौधरी, प्रदेशसभा सदस्य, सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो । 

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा आज मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। 

सोडारी यसअघि प्रदेशको सामाजिक विकास मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button