तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी भन्सारमा थन्किरहेको रासायनिक मल काठमाडौँ लगिँदै 

सिन्धुपाल्चोक । तातोपानी भन्सार कार्यालयमा थन्किरहेको रासायनिक मल काठमाडौँ भित्रिन थालेको छ ।

विगत ११ महिनादेखि भन्सारको गोदाममा थन्किरहेको ३हजार ५ सय टन मल धमाधम काठमाडौँ भित्रिन थालेको हो ।

कृषि सामाग्री कम्पनी र आयातकर्ता ट्रान्स सिल्क प्रालिबीच सहमति भएपछि चीनबाट गत जेठ महिनामा नै तातोपानी नाका हुँदै भन्सार गोदाममा आइपुगेको मल काठमाडौँ भित्रिन थालेको भन्सार कार्यालयले जनाएको छ ।

३ हजार ५ सय टन मल मध्ये हालसम्म १२ सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ भित्रिसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेको हुँदा चाँडै नै भन्सार गोदामबाट काठमाडौँ जाने कार्यालय प्रमुख केसीले बताउनुभयो ।

आयातकर्ताहरू बीचको असमझदारी एवम् आन्तरिक कारणले गोदाममा नै थन्किँदै आएको मल गोदामबाट लगिन थालेपछि धान रोपाइको बेला मलको हाहाकार नहुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button