तपाईँ सुन्दै हुनुहुन्छः

‘देशको समृद्धि र विकासका लागि ठुला दुई दल मिल्न जरुरी’

कञ्चनपुर । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले देशको समृद्धि र विकासका लागि ठुला दुई दल मिल्न जरुरी रहेको बताउनुभएको छ ।

समुदायमा काँग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा कञ्चनपुरको बेलौरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले देशको विकास गर्न काँग्रेस र एमालेबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री थापाले काँग्रेसले कुनै व्यक्ति विशेषका सन्दर्भमा नभई सहकारीसम्बन्धी समस्याको समाधानका लागि संसदीय छानबिन समितिको माग गरेको बताउनुभयो ।

महामन्त्री थापाले ‘संवाद यात्रा’ का क्रममा समुदायबाट प्राप्त विवरण र नागरिकका सुझाव तथा गुनासाहरूप्रति पार्टी र सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button