तपाईँ सुन्दै हुनुहुन्छः

चैते दशैको अवसरमा गहवमाई शक्तिपिठको डोली यात्रा

वीरगञ्ज । चैते दशै तथा महाअष्टमी पर्वको अवसर पारेर आज अपराह्न देशकै प्रमुख शक्तिपिठ मध्ये एक रहेको वीरगन्जको गहवामाईको निशान सहितको प्रथम डोली यात्रा निकालिएको छ ।

गहवामाई मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहको नेतृत्वमा आज अपराह्न ४ बजे  मन्दिर परिसरबाट डोली यात्रा शुरु भएको हो । यस अघि आजै दिउँसो २ बजे डोलाको विधिवत् रुपमा पूजाआजा गरिएको थियो ।

डोली यात्रा गहवामाई मन्दिरबाट शुभारम्भ भई वीरगन्जको २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै पुनः गहवा माई मन्दिर प्राङ्गणमा आई समापन हुने छ । 

डोली यात्रामा बीरगंज सहित बारा पर्साका हजारौँ भक्तजनहरूको सहभागिता रहेको छ । 

यसैबिच आज वीरगञ्जको विन्दवासिनी माई, बाराको गढीमाई, हेटौडाको चुरीयामाई लगायतका शक्ति पीठहरूमा समेत भक्तजनको भीड लागेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button