तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध

इलाम । इलाममा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध गरिएको छ ।

इलाममा हुन लागेको उपनिर्वाचनका अवसरमा मदिरा प्रतिबन्ध गरिएको हो । इलाम २ मा आगामी वैशाख १५ गते उप निर्वाचन हुँदै छ । आगामी वैशाख १५ पछिको मत गणना नसकुन्जेलसम्म मदिरा विक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

निर्वाचन पूर्व, निर्वाचन र निर्वाचन पछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै वैशाख २ देखि मदिराजन्य पदार्थ विक्री–वितरण एवम् सेवन गर्न समेत रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवम् बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।

कार्यालयले यस अघि नै सूचना जारी गर्दै इजाजत लिएर घरमा राखिएका हतियार समेत नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button