तपाईँ सुन्दै हुनुहुन्छः

रिक्त एआईजीमा जोशी र ढकाललाई बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेश राज जोशी र भिमप्रसाद ढकाललाई बढुवाका लागि गृह मन्त्रालयले सिफारिस गरेको छ ।

५६ वर्षे उमेर हदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

त्यसै गरी मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button