तपाईँ सुन्दै हुनुहुन्छः

झापाको अर्जुनधाराका दुई जना स्रष्टालाई ‘दीर्घ साहित्य साधना सम्मान –२०८०’ प्रदान 

झापा । झापाको अर्जुनधारा नगरपालिकाले त्यहाँका दुई जना स्रष्टालाई दीर्घ साहित्य साधना सम्मान–२०८० प्रदान गरेको छ ।

नगरपालिकाले एक समारोहकाबीच प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य सम्मान–२०७९ बाट अर्जुनधारा–१ का कालीबहादुर थापा र २०८० बाट अर्जुनधारा–११ का सङ्गीत साधक हस्त परियारलाई जनही रु. ५१ हजार नगदसहित सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्व परियारको परिचय साहित्यकार केशव आचार्य र थापाको परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कवि अभागी थेगुवा र प्राज्ञ गुणराज शेर्माले कविता वाचन गर्नुभयो । साहित्यकार पुण्य खरेल, कृष्ण बराल, सुशीला सुवेदी, वडाध्यक्ष खगेन्द्र इङ्नाम, सामाजिक विकास संयोजक कौशिकलाल परियार (भोला) लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नगरकै गहनाको रुपमा रहेका व्यक्तित्वहरूलाई प्रत्येक बर्ष सम्मान र संरक्षण गर्न पाउँदा गौरव लागेको कार्यक्रमका अध्यक्ष कार्यवाहक नगर प्रमुख खड्गमाया पराजुलीले बताउनुभयो । साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य लेखक एवम् पत्रकार कुमार भट्टराईले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सौजन कटुवालले गर्नुभएको थियो 

प्रतिक्रिया राख्नुहोस्

Back to top button