तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि प्रिया र धिरलाई

जुम्ला । पाँचौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जुम्लाका धिर बहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन् ।

कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित ४९ किलोमिटर दुरीको पाँचौँ जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्ला कनकासुन्दरी १ का धिर बहादुर बुढा र महिलातर्फ खोटाङकी प्रिया राईले जितेकी हुन् ।

प्रतियोगितामा पुरुषतर्फ जुम्लाकै तातोपानी–७ का दल कुँवर दोस्रो, कनकासुन्दरी–३ का शेर बहादुर बुढा तेस्रो र कनकासुन्दरी–२ कै चन्द रावत चौथो भएका छन् ।

४९ किलोमिटर महिलातर्फ जुम्ला गुठिचौर गाउँपालिकी राज्यलक्ष्मी रावत दोस्रो, तिलाकी अनिता बुढा तेस्रो स्थानमा आएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४९ किलोमिटरमा महिला पुरुष दुवै विद्यातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीलाई क्रमशः नगद एक लाख, ७५ हजार हजार, ५० हजार र २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।

म्याराथनमा स्वदेशी तथा विदेशी गरी कुल ८० जना धावक सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button