तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमती

काठमाण्डौ । सत्तारुढ दलका शीर्ष नेताहरुबीच आज बालुवाटारमा भएको छलफलमा सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने विषयमा सहमती भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठले बैठकपछि सुदुरपश्चिम प्रदेशमा आफ्नो संसदीय दलका नेता कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने सम्बन्धमा सत्तारुढ दलहरुबीच सहमति भएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो ।
सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button