तपाईँ सुन्दै हुनुहुन्छः

२९औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु

चितवन । चितवनमा आजदेखि २९औँ वन्यजन्तु सप्ताह सुरु भएको छ ।

हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

‘वन्यजन्तुको संरक्षण : पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ सुरु गरिएको सप्ताहमा वन्यजन्तु संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृग कुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

सप्ताहको अन्तिम दिन वैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तर्क्रियाका साथै वन्यजन्तु संरक्षणका क्षेत्रमा योगदान दिएकालाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button