तपाईँ सुन्दै हुनुहुन्छः

दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार सीमाविद् श्रेष्ठलाई अर्पण

काठमाडौँ । दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार–२०८० वरिष्ठ लेखक तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अर्पण गरिएको छ। 

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको आयोजनामा आज सम्पन्न प्रतिभा सम्मान कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले सम्मानसहित ५० हजार रुपैयाँकाे पुरस्कार सीमाविद् श्रेष्ठलाई अर्पण गर्नुभयो। 

उपकुलपति प्रा.डा. बरालले राष्ट्रिय योगदानमा समर्पित व्यक्तिको पहिचान गरी सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै सीमाविद् श्रेष्ठलाई सम्मान गरेर स्मृति केन्द्रले राष्ट्रिय कर्तव्य पूरा गरेको बताउनुभयो । 

कार्यक्रममा केन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानिया, उपाध्यक्ष मदनराज थापा र महासचिव कपिलचन्द्र खनालले आगामी दिनमा प्रतिभा सम्मानलाई स्मृति केन्द्रले अझ प्रभावकारी बनाएर स्रष्टालाई सम्मानित गर्दै जाने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button