तपाईँ सुन्दै हुनुहुन्छः

मिटरब्याज पीडित र गृहमन्त्रीबिच छलफल: पीडितलाई न्याय दिने गृहमन्त्रीको आश्वासन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँग दीर्घकालीन समस्या समाधानका विषयमा छलफल गर्नुभएको छ । 

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहनुभएका उपप्रधान एवं गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्नुभएको हो । 

छलफलमा गृहमन्त्री लामिछानेले आयोगले थालेको जानकारी दिँदै आयोगले अनुचित लेनदेनसँग सम्बन्धित आवेदन पुनः मागेर घटनाको प्रकृति अनुसार सबै पीडितले न्याय पाउने आश्वासन दिनुभयो । 

गृहमन्त्री लामिछानेले घटनाको अध्ययन गरी आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि आग्रह समेत गर्नुभयो । 

गृहमन्त्रीसँगको छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर गरिएका रिटमा दिएको अदालतको आदेशका आधारमा आफूहरूमाथि भइरहेको धरपकड भइरहेको भन्दै रोक्न माग गर्नुभएको थियो । 

पीडित पक्षले प्रहरीले पीडितको इच्छाविपरित जबरजस्त मिलापत्र गराउने काम गरिरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । 

जवाफमा गृहमन्त्री लामिछानेले मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा पीडितले न्याय पाउनेगरी काम गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button