तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएकाहरूलाई सहायक सामाग्रीहरू हस्तान्तरण 

जनकपुरधाम । जनकपुरधाममा अपाङ्गता भएकाहरूको जीवनलाई सहज बनाउन विभिन्न सहायक सामाग्रीहरू हस्तान्तरण गरिएको छ । 

अष्ट्रेलियन एड र सिविन ग्लोबलको सहयोगमा लाइफ नेपालको समावेशी परियोजनामार्फत आज विभिन्न सहायक सामाग्रीहरू हस्तान्तरण गरिएको हो । 

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा अपाङ्गता भएकाहरूको स्थलगत रुपमा अनुगमन गरी छनोट भएका मध्ये १५ जनालाई सहायक सामाग्रीहरू हस्तान्तरण गरिएको परियोजनाका व्यवस्थापक जीवन पुडासैनीले जानकारी दिनुभयो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले आज एक कार्यक्रमका बीचमा उक्त सहयोग सामाग्रीहरू हस्तान्तरण गर्नुभयो । 

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का आदित्य मिश्र, वडा नंं २४ का लव पण्डित, वडा नंं १८ का मनिर नदाफ र वडा नंं १३ का अजय रायलाई ह्वील चेयर हस्तान्तरण गरिएको छ । 

यसैगरी, जनकपुरधाम उपमहानगरपालिका वडा नंं २५ लोहनाका मोहम्मद ईसुफ र वडा नंं १२ कुँवाका राजकुमारीलाई ट्राईसाईकल वितरण गरिएको छ । 

सो अवसरमा परियोजनाले वैशाखी र वार्कर पनि वितरण गरेको लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घका मधेश प्रदेशका अध्यक्ष किरण पासवानले मधेश प्रदेशमा कूल जनसङ्ख्याको ५ प्रतिशतमा अपाङ्गता सम्बन्धि समस्या भएको भन्नुहुँदै अपाङ्गता मध्ये पनि अति गरिब तथा विपन्न वर्गका अपाङ्गताहरूको जीवन निक्कै कष्टकर रहेको बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button