तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा शैक्षिक सत्रको पूर्व सन्ध्यामा नै पाठ्यपुस्तक पुग्यो

सुर्य सुनार

गुल्मी । गुल्मी जिल्लामा शैक्षिक सत्र सुरु हुनु पूर्व नै पाठ्यपुस्तक पुगेको छ । विगतका वर्षमा गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका पाठ्यपुस्तक पर्याप्त उपलब्ध नभएकोमा यस वर्ष सहज रुपमा यहाँका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीसँग पाठ्यपुस्तक आइपुगेको छ । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विद्यालयको नतिजा प्रकाशन हुनुभन्दा अगाडी नै पुस्तकहरू व्यवसायीलाई उपलब्ध गराएको नेपाल पुस्तक तथा स्टेशनरी  व्यवसायी महासङ्घ गुल्मी शाखाका सचिव गोपाल बस्नेतले बताउनुभयो ।

यस जिल्लामा पुस्तकहरूको अत्यधिक मात्रामा कारोबार गर्ने तम्घासस्थित जनता पुस्तक पसलका व्यवस्थापक समेत रहनुभएका बस्नेतले विगतमा सेटमा पुस्तक उपलब्ध नहुने र पर्याप्त मात्रामा पनि नहुने भन्दै अहिले पर्याप्त सेटमा पुस्तक उपलब्ध भएको बताउनुभयो ।

जिल्लामा सामुदायिक विद्यालयतर्फ प्राथमिक तह– २८८, निम्न माध्यमिक तह– ५९ र माध्यमिक तह (कक्षा ९–१०)– १२७ छन् । संस्थागत विद्यालयतर्फ प्राथमिक तह २७, निम्न माध्यमिक तह ८ र माध्यमिक तह (कक्षा ९–१०)– १८ रहेको शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।

जुन विद्यालयबाट पुस्तकको लिस्ट अनुसार विद्यालयमा व्यवसायी स्वयंले पुस्तक पु¥याएका छन् । जिल्लामा ४६ वटा पुस्तक तथा स्टेशनरी व्यवसायी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button