तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो

डडेल्धुरा । नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै डडेल्धुराका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष भने शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पाएका हुन ।

डडेल्धुराको अमरगढी नगरपालिका, भागेश्वर, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका सामुदायिक विद्यालयमा जनक शिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता कालिका बुक्स पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पुर्याएको हो ।

जिल्लाका सात वटै स्थानीय तहका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको कालिका बुक्स पसलका सञ्चालक रोहित देउवाले बताउनुभयो ।

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकोमा यस वर्ष शैक्षिक सत्र सुरु हुनु १५ दिन अघि नै पुस्तक पाइएको भुवनेश्वरी आ.बिका प्रअ सिताराम जोशीले बताउनुभयो ।

शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोही अनुसार पुनः माग गर्न सकिने प्रअ जोशीको भनाई छ । समयमै पुस्तक पुगेसँगै शैक्षिक सत्र सहज रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button