तपाईँ सुन्दै हुनुहुन्छः

गुरुदेव थान ,संरक्षणमा छैन कसैको चासो

मुगु । मुगु जिल्ला स्थित सोरु गाउँपालिका–३ भिई गाउँमा रहेको ऐतिहासिक तथा प्राचीन धार्मिक महत्व रहेको गुरा देउताको मन्दिर संरक्षण र जीर्ण उद्धारको पखाईमा छ ।

करिब १३ औँ शताब्दी अघिको गुरा देउताको मन्दिर अहिले सम्म आधुनिक र कलात्मक शैलीमा जीर्ण उद्धार नहुँदा धामी डाङग्री, स्थानीय चिन्तित छन् । करिब १३ औँ शताब्दी अघिको गुरा देउताको मन्दिर जीर्ण उद्धारको प्रतीक्षामा रहेको मन्दिरका धामी परे धामीले बताउनु भयो  । मन्दिर एक तले घर शैलीमै रहेको र बर्खामा पानी चुहिदा मूर्ती र घण्ट खिया लाग्ने र असुरक्षित हुन थालेको उनको भनाई छ ।

जीर्ण मन्दिरले गर्दा पूजापाठ गर्न मेला पर्वमा धामी नाच्न भक्त जनलाई पूजाआजा गर्न कठिनाइ हुने गरेको सोरू भिई गाउँका स्थानीय बासिन्दा करन कुमार शाहीले बताउनु भयो ।  परापूर्व काल देखि धार्मिक एवं ऐतिहासिक महत्व बोकेको  यस थानको संरक्षण र जीर्ण उद्धारमा कसैको ध्यान समेत नपुगेको शाहीको गुनासो  छ ।

मन्दिरको नाममा करिब २५ बर्गमिटर जग्गा भएपनि बजेट अभावले गर्दा जीर्ण उद्धार गर्न नसकिएको पुजारीले सुनाए । धार्मिक महत्व रहेको गुरा देउताको मन्दिर इतिहास काल देखि जीर्ण अवस्थामा रहँदा चिन्ता उब्जिएको भिई गाउँका दलबीर कार्कीले भने जिल्लाभरिका धेरै मठमन्दिर बने तर यो  बन्न सकेन । 

बजेटकै समस्याले धार्मिक महत्व बोकेको १३ औ शताब्दी अघिको गुरा देउताको मन्दिर जीर्ण उद्धार गर्न नसकिएको सोरु गाउँपालिका–३ भिई गाउँका वडा अध्यक्ष सिंहबहादुर धामीले भने पुरातत्व विभाग, संघ र प्रदेशमा बारम्बार बजेट माग गर्दा पनि सुनुवाई भएन । 

वडा अध्यक्षका अनुसार वडाको न्यून बजेट स्थानीयको आबश्यकतामै सकिन्छ मन्दिर जीर्ण उद्धार गर्न कम्तीमा ७५ देखि ८० लाख बजेट चाहिने देखिन्छ । भिई गुरा देउताको मन्दिरमा अहिले डेढ दर्जन भन्दा बढी धामी डाङग्री भई सकेका छन् । 

भिई गुरा देउताको मन्दिरमा हरेक दिन पूजापाठ भक्तजन बाट भेटी बोका चढाउने गरिएको भएपनि  विशेष गरि असोज कार्तिकमा पर्ने नवमी ठूलो धार्मिक मेला लाग्ने गरेको छ । 

उक्त मेलामा धामी नाच हेर्न पूजापाठ गरि बरदान माग्न बाजुरा हुम्ला जुम्ला अछाम दैलेख सुर्खेत बाँके बर्दिया कैलाली बाट भक्तजनहरू आउने गरेका छन् ।  पछिल्लो समयमा  सोरू गाउँपालिका सडक सञ्जालमा जोडिए  पनि प्रचार प्रसार र संरक्षण अभावका कारण  ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व  बोकेको उक्त गुरा देउताको थान  ओझेल पर्दै आएको छ ।

हेर्दा सामान्य देखिए पनि  यसको महत्व ठुलो रहेको र  यस थानको संरक्षण र प्रचार , प्रसार हुन सके  धार्मिक पर्यटकहरू बढी गाउँ, ठाउँमा  रोजगारीको स्थिति सृजना हुन सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button