तपाईँ सुन्दै हुनुहुन्छः

१५ हजार घुससहित वडाध्यक्ष पक्राउ  

कपिलवस्तु ।  कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो । अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन् । 

अख्तियारको टोलीले कार्यकक्षबाट घुससहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उपसचिव भेषराज रिजालले जानकारी दिनुभयो । उजेरबाट घुसबापत लिएको १५ हजार रकमसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button