तपाईँ सुन्दै हुनुहुन्छः

२७ लाखभन्दा बढी मूल्यको दालसहित ट्रक नियन्त्रणमा

बारा । बारा प्रहरीले २७ लाखभन्दा बढी मूल्यको दालसहित ट्रक नियन्त्रणमा लिएको छ । 

प्रहरीले २७ लाख ५९ हजार मूल्य बराबरको दालसहित ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाको टोलीले २१ हजार किलोग्राम दाल लोड रहेको ट्रक नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट ना८ख १२६१ नम्बरको ट्रक नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । 

नुवाकोटतर्फ जाँदै गरेको ट्रकलाई चेकजाँच गर्दा बिल बिजकभन्दा बढीका भासन्डो र मुसुरो दाल बरामद भएकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद दालसहित ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button