तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव: निःशुल्क आँखा शिविर सञ्चालन

काठमाडौँ । रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

विपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पताल, महाराजगञ्जसँगको सहकार्यमा रेडियो नेपालले आँखा शिविर सञ्चालन गरेको हो । शिविरमा एभरेष्ट प्यारेन्ट्रल्स प्रालिले निःशुल्क औषधि समेत उपलब्ध गराएको छ । शिविर जारी छ ।

रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव यही चैत्र २० गते हो ।

तस्बिर : मिलन ढुंगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button