तपाईँ सुन्दै हुनुहुन्छः

भूमिगत सिँचाइको लागि किसानलाई मोटर पाइप वितरण

सुनसरी । सुनसरीको बर्जू गाउँपालिकाका किसानलाई भूमिगत सिँचाइको लागि मोटर पाइप वितरण गरिएको छ ।कृषि क्षेत्रमा सिँचाई समस्या हुने बर्जूको ६ वटै वडाका किसानहरूलाई ७१ समूह किसानलाई मोटर तथा बोरिङ पाइप वितरण गरिएको हो ।आर्थिक समृद्धिसँगै आत्मनिर्भर तथा ब्यबसायिक किसान बन्न गाउँपालिकाले भूमिगत सिँचाइको लागि निःशुल्करुपमा पानी तान्ने मोटर तथा बोरिङ पाइप वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष नितु कुमारी चौधरीले जानकारी दिनुभयो ।

उपाध्यक्ष चौधरीका अनुसार बर्जू गाउँपालिकाले पाँच बिगाहा क्षेत्रफल जग्गामा सिँचाई हुने गरी प्रत्येक समूहलाई मोटर र पाइप वितरण गरिएको बताइन् ।बर्जू गाउँपालिकाका ६ वटै वडामा ७१ समूह छनौट गरी ३५ समूहलाई बोरिङ पाइप तथा ३६ समूहलाई पानी तान्ने सिँचाई मोटर लगायतका सामग्रीहरु वितरण गरिएको हो ।गाउँपालिकाले कृषि सम्बन्धि तालिम माटो परिक्षण लगायत कार्यक्रम गरेर किसानलाई अझ प्रोत्साहित गरिरहेको कृषि शाखाका प्रमुख अनुभव तिवारीले बनाउनुभयो ।

गाउँपालिकाले धान गहुँ, मकै, तोरी, उखु, फलफूल खेतीका लागि बिउ विजन स्प्रेयर लगायतका सामग्रीहरु अनुदानमा वितरण गर्दै आएको छ । विद्युतीय मोटर तथा बोरिङ पाइप आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा किसानहरूलाई लक्षित गरी कृषि क्षेत्रमा प्राथमिकता राखेर बजेट ल्याएको बर्जू गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले बताए । गाउँपालिकाले कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको र कृषिमा देखिने समस्या समाधानका लागि गाउँपालिका लागिपरेको प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवको तर्क रही आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button