तपाईँ सुन्दै हुनुहुन्छः

इण्डो–नेपाल टी–२० च्याम्पियनसिप : लखनउ र सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

चितवन । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पहिलो खेलमा लखनउले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ८६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

लखनउले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको भरतपुर ९ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो ।

यसैबीच आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्‍यो । सुदूरपश्चिम प्रदेशले लिएको दिएको १८४ रनको लक्ष्य पछ्याएको मधेश ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो ।

पहिलो जितसँगै प्रतियोगितामा लखनउ नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम पहिलो जितसँगै २ अङ्कका साथमा दोस्रो र २ खेलमा एक जित र एक हारका साथ घरेलु टोली भरतपुर समान २ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button