तपाईँ सुन्दै हुनुहुन्छः

एमाले कास्कीको महाधिवेशन भोलिदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

पोखरा । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन भोलि(शनिबार) देखि पोखरामा सुरु हुने भएको छ ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आइतबारसम्म चल्ने उक्त महाधिवेशनको पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइयो ।

अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसङ्गठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९ सय ३५ जना प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका अध्यक्ष एवं अधिवेशन मुल समारोह संयोजक मनबहादुर गुरुङले बताउनुभयो ।

अधिवेशनले १ सय २० सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button