तपाईँ सुन्दै हुनुहुन्छः

‘समयमा नै काम नसक्ने प्रवृत्तिले जनता समस्यामा परिरहेका छन्’

काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले पूर्वाधार निर्माण कार्यमा गुणस्तरीयताको अभाव, समयमा नै काम नसक्ने प्रवृत्तिले जनता समस्यामा परिरहेको बताउनुभएको छ ।

सिंहदरबारमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदनमाथि आज भएको छलफलमा सांसदहरुले काम गर्न नसक्ने निर्माण व्यवसायीको विकल्प खोज्नुपर्ने, सडकमा भएका रुख काट्न नदिएकै कारण निर्माणमा ढिलाइ भएको, अन्तर निकायबीच समन्वयको अभाव भएको बताउनुभयो ।  

सांसदहरुले अनुगमनमा जाँदा समस्या र समाधानसहित सरकारको ध्यानाकर्षण गराउनुपर्ने, मौजुदा कानुन बाधक भए निकास दिनुपर्ने, निर्माण कम्पनीले पटक पटक आयोजनाको म्याद थप्नु प्रमुख समस्याको रुपमा पाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button