तपाईँ सुन्दै हुनुहुन्छः

रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय सम्मेलन भोलिदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुँदै

चितवन । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय सङ्गठन रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय सम्मेलन चैत ९ र १० गते भरतपुरमा हुने भएको छ ।

देशभरबाट एक हजार ४९५ जना प्रतिनिधि सहभागी हुने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने रिटर्नी सेन्टर नेपालका तदर्थ समिति सहसंयोजक रामचन्द्र अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसारलाई समेत टेवा पुग्ने उद्देश्यले सम्मेलन भरतपुरमा आयोजना गरिएको उहाँले बताउनु भयो  । उहाँका अनुसार सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने छ ।

रिटर्नी सेन्टर नेपालको शाखा ६२ जिल्लामा रहेको सेन्टरका अर्का सहसंयोजक हेमन्त पौडेलले बताउनु भयो  । रिटर्नी सेन्टर विदेशमा बसेर लामो समय काम गरि स्वदेश फर्किएकाहरूको संस्था हो । रिटर्नी सेन्टरमा वैदेशिक रोजगारबाट फर्किएका २० हजार जनाले सदस्य रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button