तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

तस्बिर : किरणराज विष्ट/रासस

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकका समसमयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनाका मृतकहरूलाई क्षतिपूर्ति र घाइतेहरूको तत्काल निःशुल्क उपचारको माग गर्नुभयो ।

सांसदहरुले बारम्बार यस्ता सडक दुर्घटना भइरहेको र मानिसको अकालमै ज्यान जाने अवस्थाको अन्त्य गर्न सरकार समयमै जोखिमपूर्ण सडक र सवारी साधनको अवस्थाको विषयमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

सांसदहरुले साँघुरो सडक, ट्राफिक जनशक्तिको कमी, पार्किङको अभाव, पुलहरु पुराना र सवारी साधनहरूको जर्जर अवस्थाका कारण बारम्बार सडक दुर्घटना भइरहेको भन्दै सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले तत्काल ठोस योजना बनाएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button