तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको निसिखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बागलुङ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्री बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

रुकुम पश्चिमबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. ले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button